Advertisement

खल्तीको टिकटक च्यालेन्ज, क्यासब्याक अफरमा टिकटक भिडियो बनाई रू.५००० जित्ने मौका

0 874

Advertisement

०९ भाद्र, काठमाडौं । खल्ती डिजिटल वालेटले खल्तीको १० प्रतिशत क्यासब्याक अफरमा सिर्जनात्मक टिकटक भिडियो बनाई रू. ५००० जित्ने सकिने टिकटक च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको छ। खल्तीले टिकटक भिडियो बनाउनेहरूका लागि लक्षित गर्दै उक्त प्रतियोगिता सार्वजनिक गरेको हो।

यस प्रतियोगिताको उत्कृष्ट ३ कलात्मक भिडियोहरुले रू. ५००० नगद जित्ने सुनौलो अवसर प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ।

यस च्यालेन्जमा प्रतिस्पर्धीले आफ्नो नम्बर रिचार्ज गर्दा पाएको १० प्रतिशत क्यासब्याकलाई रमाइलो ढंगमा भिडियो मार्फत् देखाउन सक्नेछन्। खल्ती आफैले आफ्नो टिकटकमा एउटा उदाहरण राखेको छ जसमा पसलबाट रिचार्ज कार्ड खरिद गरी घर फर्कदा रिचार्ज कार्ड हराएको र उक्त अवस्थामा खल्ती बाट रिचार्ज गरी १० प्रतिशत क्यासब्याक पाएको सन्देश भिडियो मार्फत दिएको छ।

१७ अगस्ट देखि ३० सम्म सञ्चालन हुने यस प्रतिस्पर्धामा सहभागी हुनका लागि सहभागीले भिडियो बनाउनुको साथै खल्तीको आधिकारिक टिकटक र इन्स्टाग्राम फलो पनि गर्नुपर्नेछ। साथै सहभागीहरुले भिडियो सँगसँगै यी ह्यासट्यागहरु #Khalti10percentCashback and #KhaltiCashbackChallenge पनि क्याप्सनमा समावेश गर्नुपर्ने बताएको छ।

उक्त टिकटक प्रतियोगिता सम्बन्धमा सोसियल मिडिया तथा कन्टेन्ट मार्केटिंगका वरिष्ठ अधिकारी रोनिका श्रेष्ठले भनिन्,“हामीले ग्राहकहरुको रिचार्ज कार्ड खरिद र स्क्र्याच गर्न पर्ने झन्झटलाई सहज गरी डिजिटल रिचार्ज प्रोत्साहन गर्न र यसबारे सबैमा जानकारी दिने उद्देश्यले नेपालकै सबै भन्दा धेरै १० प्रतिशत क्यासब्याक अफरमा टिकटक च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेका हौँ। हामीलाई विश्वास छ, ग्राहकहरुलाइ डिजिटल भुक्तानी गर्न प्रोत्साहित गर्न यो कार्यक्रमले थप योगदान पुर्याउनेछ।”

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.