मेगा क्यापिटल मार्केट्स लिमिटेडको मेगा म्युचुअल फण्ड–१ को इकाई विक्री खुला
०४ भदौ, काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले आजदेखि मेगा म्युचुअल फण्ड–१ को इकाई विक्री खुला गरेको छ । क्यापिटलकै व्यवस्थापनमा सञ्चालन हुने यस फण्डको प्रतिइकाई रू.१० अंकित मूल्यका रू. १ अर्ब बराबरको १० करोड इकाई विक्री खुला गरेको हो ।
कुल इकाई मध्यबाट पनि १५ प्रतिशत वा एक करोड ५० लाख इकाई काष प्रवर्धक मेगा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई मात्र सर्वसाधारणका लागि विक्री गर्न लागेको हो । यस इकाई खरिदका लागि न्यूनतम १०० कित्तादेखि एक करोडसम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था छ ।
यो इकाई छिटोमा भदौ १० गतेसम्म विक्रीमा रहनेछ । उक्त अवधिसम्म माग बमोजिम आवेदन परेको खण्डमा भने ढिलोमा भदौ १८ गतेसम्मको मिति तय गरिएको हो ।
१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यो फण्डको इकाई खरिदका लागि लगानीकर्ताहरुले विक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर वेब र मेरो शेयर एपबाट पनि यस इकाई खरिदका लागि आवेदन दिन सकिने व्यवस्था छ ।