Advertisement

तीन हजार ६५१ संक्रमित थपिए, २२ जनाको मृत्यु

0 1,031

Advertisement

२५ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ६५१ जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ५९४ नमुना परीक्षण गर्दा तीन हजार ६५१ जनामा संक्रमण पुष्टि भएको हो।

१० हजार ४४५ जनाको आरटी पीसीआर र ६ हजार १४९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। पीसीआरबाट दुई हजार ६०९ र एन्टिजेनबाट एक हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा नेपालमा २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा मृत्यु हुनेको संख्या १० हजार ११५ पुगेको मन्त्रालयले जनाएको छ।
नेपालमा हालसम्म पीसीआरबाट ७ लाख १७ हजार ४८६ र एन्टिजेनबाट ६९ हजार ५२० जनामा कोरोना पुष्टि भएको छ।

यस्तै, ६ लाख ७१ हजार ८३ जना कोरोना संक्रमणमुक्त भएका छन्।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.