Advertisement

साउनको चौथो सोमबार पशुपतिनाथ मन्दिर आज पनि छैन खुला

0 1,535

Advertisement

२५ श्रावण, काठमाडौं । साउन महिनाको चौथो सोमबार आज हिन्दू धर्माबलम्बी नारीहरुले भगवान शिवको पूजा आराधना गरी मनाउँदैछन् ।

साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिला दिदीबहिनीहरु शिवमन्दिरमा गएर पूजाआजा गर्ने चलन भए पनि यस वर्ष कोरोनाका कारण घर-घरमै पूजाआजा गरिँदै छ ।

विशेषगरी महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन ।

साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरा-पोते लगाएर शिवको पूजा गर्दछन् ।

दिनभर व्रत बसेर शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

आज पनि पशुपतिनाथ नखुल्ने । साउनको चौथो सोमबार पनि पशुपतिनाथको मूल मन्दिर भक्तजनका लागि नखुल्ने भएको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न देशका मुख्यमुख्य मन्दिर, शैक्षिक संस्थालगायत अझै बन्द छ ।

अन्य क्षेत्रको बन्दाबन्दी खुला गरिए पनि काठमाडौँ जिल्ला प्रशासन कार्यालयले थपेको निषेधाज्ञामा मन्दिर, शैक्षिक संस्था बन्द नै रहने निर्णय गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.