Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

खेलाडीलाई उपचार खर्च

0 87

२२ असार, काठमाडौं । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले विभिन्न ४ खेलका त्यत्ति नै खेलाडीलाई सहयोग स्वरुप सोमबार उपचार खर्च उपलब्ध गराएको छ ।

चार खेलाडीलाई २ लाख ९ हजार ६ सय ५५ रुपैयाँ प्रदान गरिएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका कोषका सदस्य–सचिव दीपक श्रेष्ठले जानकारी गराए । ब्याडमिन्टनकी रञ्जना भट्ट र टेबलटेनिसकी मारिया थापा मगरलाई समान ८०–८० हजार प्रदान गरियो । जुडोकी सुनिता बोहरालाई ३० हजार तथा उसुकी सिलु डंगोललाई १९ हजार ६ सय ५५ रुपैयाँ उपलब्ध गराइयो ।

सुदूरपश्चिम प्रदेशमा रहेकी जुडोकी सुनिताको रकम नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यलाई हस्तान्तरण गरिएको थियो । खेलाडी संघका उपाध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य हरि खड्काले खेलाडीलाई सहयोग रकम बराबरको चेक हस्तान्तरण गरे ।


चालू आर्थिक वर्षमा कोषले यि ४ खेलाडीसहित १३ खेलाडीलाई उपचार खर्चवापत जम्मा ११ लाख ३४ हजार ६ सय ५५ रुपैयाँ वितरण गरिसकेको छ । यसअघि विभिन्न ५ खेलका खेलाडी र पूर्व खेलाडी गरी ९ जनालाई ९ लाख २५ हजार रुपैयाँ प्रदान गरिसकेको कोषले जनाएको छ ।


२०६८ सालमा १ करोड रकमबाट कोष स्थापना गरिएको थियो । हाल कोषमा जम्मा १ करोड ४० लाख रपैयाँ रहेको सदस्य–सचिव श्रेष्ठले जानकारी दिए । त्यसैको ब्याचबाट मर्कामा परेका खेलाडीलाई सहयोग गरिदै आएको छ ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.