Advertisement

सानदार जितसँगै इंग्ल्यान्ड सेमिफाइनलमा

0 1,037

Advertisement

२० असार, एजेन्सी । कप्तान ह्यारी केनले दुई गोल गरेपछि इंग्ल्यान्डले युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा युक्रेनमाथि सानदार जित दर्ता गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । इंग्ल्यान्ड ४-० को सहज जितसँगै अन्तिम चारमा प्रवेश गरेको हो ।

केनले खेलको सुरुवातमा नै गोल गरेपछि युक्रेन दबाबमा परेको थियो । काउन्टर अट्याकमा केहि अवसर सिर्जना गरेपनि प्रतियोगितामा हालसम्म गोल नखाएको इंग्ल्यान्डको डिफेन्सले संयमित प्रदर्शन गरेको छ । आक्रमणमा इंग्ल्यान्डले थप अवसर सिर्जना गरेपनि युक्रेनी गोलरक्षक बाधक बनेका छन् ।

दोस्रो हाफको पहिलो मिनेटमा नै गोल खाएपछि युक्रेन सम्हालिन सकेन । त्यसको केहि मिनेटमा नै केनले हेडरमार्फत गोल गर्दै अग्रता बढाएपछि युक्रेनले रक्षात्मक खेल खेलेको थियो । वैकल्पिक खेलाडी जोर्डन हेन्डरसनले कर्नरबाट अर्को गोल थपेपछि इंग्ल्यान्ड फराकिलो जिततर्फ उन्मुख भएको थियो । अब इंग्ल्यान्डले फाइनल प्रवेशका निम्ति डेनमार्कको सामना गर्नेछ ।

खेलको चौथो मिनेटमा नै इंग्ल्यान्डले केनको गोलमा अग्रता लिएको थियो । रहिम स्टर्लिङले पेनाल्टी क्षेत्र बाहिरबाट दिएको थ्रु पासलाई केनले पहिलो टचमा नियन्त्रण गर्दै प्रहार गरेका थिए । उनको प्रहार गोलरक्षक बुस्कानलाई लाग्दै गोलमा परिणत भएको थियो ।

२७ औं मिनेटमा स्टर्लिङको प्रहारलाई युक्रेनी डिफेन्डर क्रिस्तोभले रोकेपछि इंग्ल्यान्डको डरलाग्दो आक्रमण रोकिएको थियो । त्यसको दुई मिनेटपछि लुक शाको फ्रिकिकमा केनको हेडर पोस्टभन्दा माथिबाट गयो । ३३ औं मिनेटमा डेक्लन राइसले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई बुस्कानले मुस्किलले विफल पारे ।

३७ औं मिनेटमा युक्रेनले काउन्टर अट्याकमा बढाएको आक्रमणमा जिन्चेन्कोले गरेको अन्तिम प्रहारलाई मेसन माउन्टले रोकेका थिए । ४० औं मिनेटमा शाको पासमा जेडन सान्चोको प्रहारमा पनि बुस्कान नै बाधक बने ।

दोस्रो हाफको सुरुवाती मिनेटमा नै ह्यारी मगाएरले गोल गर्दै इंग्ल्यान्डको अग्रता दोब्बर पारे । शाको फ्रिकिकमा मगाएरले हेडरमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । त्यसको ४ मिनेटपछि केनले व्यक्तिगत दोस्रो गोल गरे । शाले बायाँ विंगबाट दिएको क्रसमा केनले हेडरमार्फत गोल गरे । उनको हेडर गोलरक्षक बुस्कानको खुट्टा मुनिबाट गोल भएको थियो ।

६२ औं मिनेटमा केनले पेनाल्टी क्षेत्र नजिकबाट गरेको शक्तिशाली भली प्रहारलाई गोलरक्षक बुस्कानले डाइभ दिँदै विफल पारे । त्यसै बचाउबाट आएको कर्नरमा जोर्डन हेन्डरसनले गोल गर्दै इंग्ल्यान्डलाई ४-० ले अघि बढाए । माउन्टको कर्नरमा अनमार्क रहेका हेन्डरसनले सहजै हेडर गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा पहिलो गोल गरे ।

इंग्ल्यान्डले अब सेमिफाइनलमा डेनमार्कको सामना गर्नेछ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.