Advertisement

२६ करोड लागतमा गरिएको कालोपत्रे एक महिना नबित्दै भत्कियो: असारे विकास

0 1,338

Advertisement

२० असार, काठमाडौं । असारे विकासको उत्कृष्ट नमुना सिन्धुलीको दुधौली नगरपालिकामा देखिएको छ । वडा नम्बर १० लखिमाबाट वडा नम्बर १३ ठाकुर दमारसम्म जाने सडकखण्डमा गरिएको कालोपत्रे एक महिना नबित्दै उप्किएको छ । राम्ररी रोलर नै नगरीकन कमसल ‘मटेरियल’ प्रयोग गरिएका कारण कालोपत्रे उप्किएको स्थानीयले बताएका छन् ।

१२.५ किलोमिटर लम्बाइको यो सडक दुई खण्डमा विभाजित गरेर पिच गरिएको थियो । त्यसमध्ये तीन किलोमिटर खण्डको पिच भत्किएको छ । निर्माण कम्पनीले हतारहतारमा राति पानी परेको समयमा सडक पिच गरेकाले एक महिना नपुग्दै भत्किएको स्थानीय सुजन लामाले बताए । ‘पिच गर्नुअघि राम्ररी रोलरसमेत लगाइएन । २०–२५ दिनअगाडि राति पानी परेको वेला हतारहतार सडक पिच गरिएको थियो, अनि किन नभत्किओस् त,’ उनले भने ।

वडा नम्बर १३ का अध्यक्ष मिलन सुनुवारले पिच गर्नुअघि ढुंगा, गिटी, माटो राखेर पेल्ने कामदेखि नै निर्माणमा कमजोरी भएको बताए । ‘बेस (ढुंगा, गिटी, बालुवा राखेर पेल्ने काम) राखेर काम गर्दा कमजोरी देखिन्थ्यो । यो बाटो निर्माण गर्दा प्रक्रिया पुगेन कि भनेर मैले भनेको थिएँ, तर इन्जिनियरहरूले सबै ठीक छ, राम्रो छ भने,’ उनले भने, ‘आफू प्राविधिक मान्छे परिएन । प्राविधिकहरूले भनेको ठिकै त होला नि भनेर चुप लागे । अहिले त एक महिना नहुँदै पिच उप्कियो ।’

स्थानीय पूर्वाधार विभागले १५ पुस ०७५ मा सडक निर्माणका लागि २५ करोड ८० लाखमा इसिआई कन्काई जेभीलाई ठेक्का दिएको थियो । कन्काई जेभीले सिन्धुलीको इमानुवल निर्माण कम्पनीलाई स्थानीय ठेकेदार तोकेर ६ महिनापछि निर्माण कार्य सुरु गरेको थियो । सडकको पिच तीन सेन्टिमिटर बाक्लो हुनुपर्ने सम्झौता छ ।

सडकको चौडाइ ४.५ मिटर छ । तुलनात्मक रूपमा साँघुरो सडकको दायाँ–बायाँ पानीको निकासका लागि पूरै खण्डमा ढल छैन । केही खण्डमा ढल बनाइए पनि सानो र ठूलो वर्षामा निकास दिन नसकिनेछ । यो सडक निर्माणाधीन मदन भण्डारी राजमार्ग जोड्ने सहायक सडक हो । बाटोको दुवै छेउको भित्ताबाट माटो खस्ने र बाटो पुरिने पनि भइरहेको वडाध्यक्ष सुुनुवारले बताए । ‘भत्केको त भत्किहाल्यो । अरूतिर पनि माटोले बाटो पुरिने, कटान हुने क्रम जारी छ,’ उनले भने ।  नयाँ पत्रिका

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.