Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

एमाले केन्द्रीय कमिटी बैठकमा संघीयता र धर्मनिरपेक्षता परिमार्जनको प्रस्ताव, चुनावी एजेन्डा बनाउने तयारी

0 81

२० असार, काठमाडौं । एमाले केन्द्रीय कमिटी बैठकमा संघीयता र धर्मनिरपेक्षता परिमार्जनको प्रस्ताव आएको छ । केन्द्रीय सदस्य महेश बस्नेतले राखेको प्रस्तावमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पनि सकारात्मक छन् ।

विपक्षी गठबन्धनले नेपालको संवैधानिक व्यवस्था कानुनी राज्य र लोकतन्त्रका आधारभूत सिद्धान्त एंव मूल्यहरुमाथि निरकुंश हमला भइरहेको दाबी गरिरहेको बेला प्रधानमन्त्री ओली निकट नेता बस्नेतले संघीयता र धर्मनिरपेक्षता परिमार्जनको प्रस्ताव अगाडि सारेका हुन् ।

दोस्रो जनआन्दोलनको उपलब्धिका रुपमा संघीयता र धर्मनिरपेक्षतको संवैधानिक व्यवस्था गरिएको थियो । शनिबारको बैठकमा नै बस्नेतले संघीयता र धर्मनिरपेक्षता परिमार्जनसहितका आठवटा प्रमुख विषय छलफलमा लैजानुपर्ने मौखिक प्रस्ताव गरेका थिए ।

आइतबार लिखित प्रस्ताव दर्ता गर्ने उनको तयारी छ । संविधान संशोधन तत्काल सम्भव नभए यी विषयलाई आगामी चुनावी एजेन्डा बनाएर लैजान सकिने बस्नेतको भनाइ छ । आफ्नो प्रस्तावमा प्रधानमन्त्री तथा अध्यक्ष ओली पनि सकारात्मक रहेको नेता बस्नेतले बताए । नयाँ पत्रिका


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.