Advertisement

पहिरामा च्यापिएर एकको मृत्यु, दुई घाइते

0 2,146

Advertisement

०२ असार,डोटी । पहिरामा च्यापिएर आज बिहान एक जनाको मृत्यु भएको छ भने दुई बालिका घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख दानबहादुर मल्लका अनुसार पहिरोमा च्यापिएर मृत्यु हुनेमा केआइसिंह गाउँपालिका–३ बासुदेबी देउकाँडाका ६५ वर्षीय खडकबहादुर बम रहेका छन् । गाउँको खानेपानीको पानीको मुहानमा गएका बेला बमको खिरणा खोलाको पहिरोमा च्यापिएर मृत्यु भएको स्थानीय खगेन्द्र बडैलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पानी मुहान सफा गर्न गएका अन्य दुई केआइसिंह गाउँपालिका झिगावस्तीका १३ वर्षीया पुनी कुँवर र १६ वर्षीया पूजा कुँवर घाइते भएका छन् । पुनीको हात भाँचिएको छ भने पूजाको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ । घाइतेहरूलाई उपचारका लागि दिपायल ल्याउने तयारी भइरहेको बताइएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.