Advertisement

नेदरल्याण्ड्सद्वारा युक्रेन ३-२ गोलले पराजित

0 524

Advertisement

३१ जेठ, एजेन्सी । युरो कप २०२० अन्तर्गत गए राति भएको समूह ‘सी’को दोस्रो खेलमा नेदरल्याण्ड्सले युक्रेनलाई ३-२ गोलले पराजित गरेको छ।

नेदरल्याण्ड्सको राजधानी आमस्टरड्याममा भएको सो खेल निकै नै रोमाञ्चक भएको थियो।

कप्तान जर्जिनियो वाइनाल्डमले खेलको ५२औं मिनेटमा गोल गरेर नेदरल्याण्ड्सलाई अग्रता दिलाए। त्यसको ६ मिनेट पश्चात नेदरल्याण्ड्सले स्ट्राइकर वाउट वेर्घोस्ट मार्फत अग्रता दोब्बर बनायो।

त्यसपछि युक्रेनले ५ मिनेटको अन्तरालमा दुई गोल फर्कायो । खेलको ७५औं मिनेटमा कप्तान आन्ड्री यार्मोलेनकोले गोल गरे भने ७९औं मिनेटमा रोमन यारेम्चुकले खेल बराबरीमा पुर्याए।

खेलको ८५औं मिनेटमा नेदरल्याण्ड्सले खेलमा पुनः अग्रता लिन सफल भयो।

फुल्ब्याक डेन्जेल डमफ्राइजले गोल गर्दा नेदरल्याण्ड्सले खेल ३-२ गोलले आफ्नो पक्षमा पार्न सफल भएको हो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.