Advertisement

चीनले दिएको ८ लाख खोप लिएर वाइडबडी काठमाडौं आइपुग्यो

0 691

Advertisement

१८ जेठ, काठमाडौं । चीन सरकारले अनुदानमा दिएको आठ लाख डोज खोप लिएर नेपाल वायुसेवा निगमको ए ३३० वाइडबडी मंगलबार अपरान्ह काठमाडौं आइपुगेको छ। वाइडबडी खोप लिन सोमबार राति बेइजिङ गएको थियो।

चीनले अनुदानमा प्रदान गर्ने घोषणा गरेको १० लाखमध्ये ८ लाख भेरोसेल खोप लिएर उक्त जहाज मंगलबार अपरान्ह काठमाडौं अवतरण गर्ने निगमले जनाएको छ। उक्त भेरोसेल खोप एक पटक पनि खोप नलगाएका नागरिकलाई दिइने योजना स्वास्थ्य मन्त्रालयले बनाएको छ।चीनबाट आउने खोप लगाउने प्राथमिकतामा शिक्षक, सार्वजनिक सवारीका चालकलगायत रहेका छन् ।

जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सि जिङपिङसँगको टेलिफोन वार्तामा गरेको आग्रहअनुसार उक्त खोप नेपाल आउन लागेको हो। यसअघि पनि चीनले ८ लाख भरोसेल खोप दिएको थियो।

अहिलेसम्म अनुदान र खरिद गरेर ३२ लाख ४८ हजार मात्रा खोप प्राप्‍त भएको छ। यसमध्ये भारतबाट उपहारका रुपमा १० लाख र खरिदमार्फत १० लाख खोप आएको छ। त्यसैगरी चीनले ८ लाख डोज भेरोसेल खोप दिइसकेको छ।त्यसैगरी कोभ्याक्स फ्यासिलिटीअन्तर्गत अनुदानको साढे तीन लाख खोप नेपाल भित्रिएको छ। अहिलेसम्म २६ लाख ६५ हजार ९ सय ८७ जनाले खोप लगाइसकेका छन्। यसमध्ये दुवै डोज लगाउने साढे पाँच लाख मात्रै छन्। पहिलो डोज लगाएको १२ साताभित्र दोस्रो डोज लगाइसक्नुपर्ने भए पनि फागुन २३ पछि कोभिसिल्ड खोप लगाएका ६५ वर्षमाथिका वृद्धवृद्धाले दोस्रो मात्रा लगाउन पाएका छैनन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.