Advertisement

मन्त्रिपरिषदको बैठक ५ बजेपछि बालुवाटारमा बस्दै

0 688

Advertisement


१७ जेठ, काठमाडौं । मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ५ बजेपछि बैठक बस्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो ।

नियमित बैठक भएकाले कोभिड समस्या समाधानका विषय तथा मन्त्रालयका नियमित कामकाजका विषय बैठकको एजेण्डा हुनसक्ने मन्त्री ढकालले जानकारी दिनुभयो । गत शनिबार मात्र आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गरेको सरकारले कोभिड नियन्त्रणमा सम्पूर्ण ध्यान केन्द्रित गरेको छ ।

जनस्वास्थ्यविदहरुले कोभिड नियन्त्रणका लागि खोप अनिवार्य रहेको सुझाव दिइरहेकाबेला सरकारले विभिन्न देशसँग खोप खरिदको प्रक्रिया अगाडि बढाइरहेको छ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले पनि विभिन्न देशका समकक्षीहरुसँग खोपका लागि पत्राचार गरिरहनुभएको छ । सरकारले कोभिड खोपका लागि बजेटमा पनि यथोचित रकम विनियोजन गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.