Advertisement

लुम्बिनीबाट राष्ट्रिय सभामा कांग्रेस उम्मेद्‌वार पाण्डे निर्वाचित

0 746

Advertisement

१७ जेठ, काठमाडौं । लुम्बिनी प्रदेशतर्फ रिक्त राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेद्‌वार दृगनारायण पाण्डे विजयी भएका छन्। सोमबार भएको मतदानमा पाण्डेले ४ हजार १४० मतभार पाए।

उनका विपक्षी एमालेका उम्मेद्‌वार चन्द्रबहादुर खड्काले ३ हजार ५९४ मतभार पाए। पाण्डेलाई नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको पनि साथ थियो।

जम्मा ३०० मतदाता रहेको लुम्बिनीमा २९७ मत खसेको थियो। तीन स्थानीय तहका प्रमुख मतदानमा अनुपस्थित भएका थिए। स्थानी तहतर्फ पाण्डेले ११८ र खड्काले ९३ मत पाए। यस्तै, प्रदेशतर्फ पाण्डेले ४२ र खड्काले ४० मत पाए।

यसअघि माओवादी केन्द्रको तर्फबाट निर्वाचित खड्का एमाले प्रवेश गरेपछि उपनिर्वाचन भएको हो। एमालेले खड्कालाई नै पुन: उम्मेद्‌वार बनाएको थियो।

सोमबार निर्वाचित पाण्डे यसअघि एमालेको तर्फबाट लुम्बिनीको प्रदेश सभा सदस्य थिए। उनले प्रदेश सभा सदस्यबाट राजीनामा दिएर कांग्रेस प्रवेश गरेका थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.