Advertisement

राधी विद्युत कम्पनीले हकप्रद निष्काशन गर्ने

0 828

Advertisement

१७ जेठ,काठमाडौं । राधी विद्युत कम्पनीले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीको जेठ १६ गते बसेको संचालक समितिको बैठकले १४७.५२ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले आर्थिक वर्ष ७६/७७ सम्मको मुनाफाबाट वितरण हुने ३६.५० प्रतिशत बोनस शेयर वितरण पश्चात कायम हुने चुक्ता पुंजीको १४७.५२ प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव गरेको हो ।

कम्पनीले बोनस वितरण पश्चात चुक्ता पुंजी ६४ करोड ६४ लाख ४ हजार ६ सय २२ पुग्ने जनाएको छ । त्यसपछि १४७.५२ प्रतिशतले हुन आउने ९५ लाख ३५ हजार ७ सय ६० कित्ता हकप्रद निष्काशन गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्ता पुंजी ४७ करोड ३५ लाख ५६ हजार ५ सय रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.