Advertisement

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाउने

0 481

Advertisement

१५ जेठ, काठमाडौं । सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक बर्षको बजेट सार्वजपिनक गर्दै उनले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाउने घोषणा गरेका छन् । यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ ।

यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने अर्थमन्त्री पौडेलले बताए ।

यस्तै सार्वजनिक विद्यालय वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा रु ८० हजार उपलब्ध गराउने बताएका छन् । बैकल्पिक सिकाइका लागि ल्याइएको यस्तो ऋण रकम २ बर्षभित्र तिर्नुपर्नेछ ।

यस्तै १६ बर्ष भन्दा माथिका विद्यार्थीलाई एकथान सिमकार्ड निःशुल्क उपलब्ध गराइने बताएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.