Advertisement

प्रतिनिधिसभा विघटनसम्बन्धी सवै मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा

0 263

Advertisement

१३ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी सबै मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा हुने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको एकल इजलासले बिहीबार यस्तो आदेश दिएको हो।

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी ३० रिट निवेदन दर्ता भएका छन्। तीमध्ये अन्तरिम आदेशमा माग गरिएका १९ रिट निवेदनको सुनुवाइका क्रममा प्रधानन्यायाधीशको एकल इजलासले गम्भीर व्याख्या आवश्यक भएको भन्दै यस्तो आदेश दिएको हो। संवैधानिक इजलासमा परेका अन्य ११ निवेदनमाथिको सुनुवाइ शुक्रबारदेखि प्रारम्भ तय भएको थियो।

निवर्तमान प्रतिनिधिसभाका सदस्य १४६ सहितका २६ रिट निवेदन संसद् पुनःस्थापन गर्नुपर्ने पक्षमा छन् । प्रतिनिधिसभामा आफ्नो बहुमतको आधार पेश गरेका प्रधानमन्त्री ओलीलाई नै पुनः नियुक्ति गर्नुपर्ने माग गर्दै अधिवक्ता धनजीत बस्नेत, कृष्ण भण्डारी, राजाराम घिमिरेलगायतले छुटाछुटै चार रिट निवेदन दर्ता गराएका छन्।

यो पनि पढ्नुहोस



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.