Advertisement

करणी गरेको अभियोगमा पक्राउ

0 387

Advertisement

०४ जेठ, काठमाडौं । मोरङ, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पथरी शनिश्चरे नगरपालिका-१० बस्ने २५ वर्षीय मन कुमार बिकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई मन कुमारले सोही ठाउँस्थित चौरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


कपिलवस्तु, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवराज नगरपालिका-६ कुदरबेटवा बस्ने २६ वर्षीय ईलियस मुसलमान र २१ वर्षीय सलमान मुसलमानलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

दाइको घरमा जाँदै गरेकी ती बालिकालाई उनीहरुले बिच बाटोबाट मोटरसाइकलमा राखी सोही ठाउँस्थित आँपको बगैँचामा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय चन्द्रौटा र प्रहरी चौकी वीरपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.