Advertisement

उपत्यकामा थपिए कोरोनाका तीन हजार ९८ संक्रमित

0 727

Advertisement

०३ जेठ, काठमाडौं ।काठमाडौं उपत्यकामा आज कोरोना भाइरसबाट तीन हजार ९८ संक्रमित संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा तीन हजार ९८ जना सङ्क्रमित थपिएका छन् । चौबीस घण्टामा थपिएको संख्या आइतबारको अपेक्षा बढेको छ । काठमाडौंमा दुई हजार ३४६, ललितपुरमा ४५४ र भक्तपुरमा २९८ जना सङ्क्रमित थपिएका हुन् ।

कठमाडौंमा हाल २८ हजार ५२७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । ललितपुरमा सात हजार १७१ र भक्तपुरमा पाँच हजार ७६ जना सक्रिय सङ्क्रमित छन् । काठमाडौंमा हालसम्म एक लाख ३५ हजार ६४८ जना सङ्क्रमित निको भएका छन् । ललितपुरमा २० हजार ७२८ र भक्तपुरमा ११ हजार ५२९ जना सङ्क्रमित हालसम्म निको भएका छन् ।

काठमाडौं उपत्यकामा कोरोनाभाइरसबाट एकैदिन ७९ सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा कोरोनाभाइरसका ७९ सङ्क्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडौंमा ५१, ललितपुर र भक्तपुरमा समान १४ जना सङ्क्रमितको मृत्यु भएको हो । देशभरि सोमबार कोरोना सङ्क्रमणबाट २१४ जनाको मृत्यु भएको छ । काठमाडौंमा हालसम्म एक हजार १८९, ललितपुरमा ३१८ र भक्तपुरमा २३५ जना सङ्क्रमितको निधन भएको छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.