Advertisement

कोरोना अपडेट: आज थपिए ८९६० करोना सक्रंमित: कोरोनाबाट २१४ संक्रमितको मृत्यु

0 653

Advertisement

३० बैशाख, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभरबाट ८ हजार ९६० जनामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार १९ हजार ४७४ को पीसीआर र ७७१ जनाको एन्टिजेन परीक्षण गर्दा ८ हजार ९६० जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा संक्रमितको कुल संख्या चार लाख ३१ हजार १९१ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट २१४ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बिहीबार मात्र २१४ जनाको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या चार हजार ४६६ पुगेको छ।

बिहीबार पाँच हजार ५५ जनाले भने कोरोना जितेका छन्। मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या तीन लाख २१ हजार ५१८ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या भने एक लाख नाघेको छ । मन्त्रालयका अनुसार बिहीबार सक्रिय संक्रमितको संख्या एक लाख पाँच हजार २०७ पुगेको हो ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.