Advertisement

सलमान खान अभिनित चलचित्र ‘राधे’ विना सेन्सर नेपालमा रिलिज, मन्त्रालयले दियो चेतावनी

0 1,121

Advertisement

३० बैशाख, काठमाडौं । आजबाट सलमान खान अभिनित चलचित्र ‘राधे’ विना सेन्सर नेपालमा रिलिज भएको छ । नेपालमा सेन्सर नै नगरी चलचित्र रिलिज भएपछि सूचना, संचार तथा प्रविधि मन्त्रालयले सेन्सर गरेर मात्र रिलिज गर्न चेतावनी दिएको छ । सेन्सर नगरी चलचित्र रिलिज गरिएमा कानुनी प्रक्रिया अनुसार अगाडि बढ्ने चेतावनी मन्त्रालयको छ ।

तर, अहिलेसम्म यो चलचित्रको सेन्सर भने भएको छैन । चलचित्र सेन्सर बोर्डका सदस्य सन्तोष कुमार थापाले सेन्सरका लागि अहिलेसम्म यो चलचित्रका वितरक नआएको बताए । उनले भने–‘हिजोदेखि नै उहाँहरुले आउँछौ आउँछौ मात्र भन्नुभयो, तर आउनुभएको छैन । अहिलेसम्म पनि चलचित्रको सेन्सरका लागि कुनै प्रक्रिया अगाडि बढाइएको छैन ।’

उनले भने–‘मैले संचार मन्त्रालयसँग पनि कुराकानी गरेको छ । आज बेलुकीसम्म चलचित्रको सेन्सर नभएको खण्डमा कानुनी प्रक्रियामा जाने तयारीमा मन्त्रालय छ ।’

यो चलचित्रलाई नेपालमा गोपिकृष्ण मुभिज अन्र्तगतको ए एठ् कम्पनीले नेपाल भित्राएको हो । यो चलचित्र विभिन्न ओटीटी प्लेटफर्म र डिस होम, नेट टीभी लगायतमा रिलिज भैसकेको छ । चलचित्रलाई दर्शकले २९९ रुपैयाँदेखि ३२५ रुपैयाँसम्म तिरेर हेर्न सक्नेछन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.