Advertisement

काठमाडौं उपत्यकामा थपिए ३ हजार ६०७ संक्रमित, उपत्यकामा मात्र झन्डै ४० हजार सक्रिय संक्रमित

0 938

Advertisement

२७ बैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ हजार ६०७ जनामा संक्रमण पुष्टि भएको हो।

ती मध्ये काठमाडौं जिल्लाका २७७५ जना, ललितपुरका ५०५ जना र भक्तपुरका ३२७ जना छन्।

पछिल्लो २४ घण्टामा १८ हजार ४११ जनाको कोरोना परीक्षण गरिएको थियो। जसमध्ये १७६२३को पिसिआर र ७ सय ८८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

सो परीक्षणबाट नेपालभर ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै, यसंक्रमणबाट पछिल्लो २४ घण्टामा मात्रै ४ हजार ७ जना निको भइसकेका छन्।

काठमाडौं उपत्यकामा अहिले ३९ हजार ४६३ जना सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा मात्रै २० हजार ७१ जना, भक्तपुरमा ४ हजार ११२ र ललितपुरमा ६ हजार २८० छन्।

संक्रमणबाट काठमाडौंका एक लाख १७ हजार ८२८ जना निको भइसकेका छन्। ललितपुरका १० हजार १६९ र ललितपुरका १८ हजार २६९ जना निको भइसकेका छन्।

कोरोना संक्रमणबाट काठमाडौंका ८६३ जना, ललितपुरका २४७ जना र भक्तपुर १७६ जनाले ज्यान गुमाइसकेका छन् ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.