Advertisement

नक्कली नोट सहित पक्राउ

0 501

Advertisement

१२ बैशाख, ललितपुर।महालक्ष्मी नगरपालिका-१ ईमाडोलबाट १ हजार दरको नक्कली जस्तो देखिने नोट ५ थान सहित काठमाडौं माछापोखरी बस्ने हुम्ला सार्केटार गाउँपालिका-७ जैर घर भएका १९ वर्षीय मुन बहादुर रावतलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त ठाउँमा नक्कली पैसाको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा ग्वार्खोबाट ईमाडोलतर्फ आउँदै गरेका रावतलाई शंका लागि शरीर तलासी गर्दा उक्त नक्कली नोट सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

साथै उनको साथबाट सक्कली नोट जस्तो देखिने ५ हजार ५ सय रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ ।

उनी उपर जिल्ला अदालत ललितपुरबाट मुद्रा सम्बन्धी कसूर मुद्दामा म्याद थप भई अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

यो पनि पढ्नुहोस्:

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.