Advertisement

नेपाल सुपर लिग : आज दुई खेल हुदै

0 790

Advertisement

१२ बैशाख, काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा विराटनगर एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

विराटनगर र धनगढीबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।

रंजित धिमालको कप्तानीमा मैदान उत्रने विराटनगर जित निकाल्ने योजनामा हुनेछ ।

किरण चेम्जोङको कप्तानीमा रहने धनगढी पनि सुखद सुरुवातको लक्ष्यमा हुनेछ ।

यस्तै दोस्रो खेलमा पोखरा थन्डर्स र बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ ।

पोखरा र लुम्बिनीबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

पोखरा अनिल गुरुङको कप्तानीमा मैदान उत्रने छ । बुटवलको कप्तानी विशाल श्रेष्ठले गर्ने छन् ।

प्रतियोगितामा काठमाडौं रेजर्सले विजयी सुरुवात गरिसकेको छ ।

शनिबार भएको उद्घाटन खेलमा ललितपुर सिटी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै काठमाडौंले सुखद सुरुवात गरेको हो ।

यो पनि पढ्नुहोस्:

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.