सुनचाँदीको मूल्य घट्यो
१२ बैशाख, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९१ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा चार सयले घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ८०० रुपैयाँ रहेको छ ।
आज चाँदी तोलाको १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य तोलाको १ हजार ३१० रुपैयाँमा कारोबार भएको छ ।
यो पनि पढ्नुहोस: