सुनको मूल्यमा बृद्धी
३० चैत, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज फेरि बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ८९ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले बढेको हो । आइतबार सुनको मूल्य तोलामा चार सयले घटेको थियो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ६ सय रहेका छ भने तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार १५० रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य १२ सय ७५ रुपैया रहेको महासंघले जनाएको छ ।
यो पनि पढ्नुहोस्: