Advertisement

मुख्यमन्त्री राईले बोलाए सर्वदलीय बैठक

0 493

Advertisement

३० चैत, विराटनगर । लामो समयदेखिको संसद गतिरोध हटाउन मुख्यमन्त्री शेरधन राईले सर्वदलीय बैठक बोलाएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीसहितका दलहरूलाई बैठकमा सहभागिताको लागि निमन्त्रणा गरिएको एमाले प्रमुख सचेतक वुद्धीकुमारराज भण्डारीले जानकारी दिए ।

सर्वदलीय सहमतिको आधारमा संसद सुचारु गर्न बैठक बोलाइएको भण्डारीले जानकारी दिए । प्रदेश १ सभाको हिउँदे अधिवेशनअन्तर्गतको छैटौं बैठक प्रतिपक्षी दल नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाले अवरोध गर्दै आएका छन् ।

चालु वर्षका लागि स्वीकृत कार्यक्रमहरू सुचारू गर्नुपर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका वहुवर्षे विकास आयोजनाको काम सुचारु गर्नुपर्ने भन्दै ती दलले संसद बैठक अवरोध गर्दै आएका हुन् ।

माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफूहरूको माग पूरा नभएको खण्डमा सोमबारको बैठक पनि अवरुद्ध गर्नेसमेत बताएका छन् । गत माघ ७ गतेबाट प्रदेश १ को सातौं हिउँदे अधिवेशन शुरू भएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.