मनकामना केबुलकार ६ दिनको लागि सेवा बन्द
२३ चैत, काठमाडौं । मनकामना केबुलकार सेवा यही चैत २५ गतेदेखि चैत ३० गतेसम्म बन्द हुने भएको छ।
केबुलकारको स्तरोन्नतिको पहिलो चरणअन्तर्गत बुल ह्विल बियरिङ नयाँ फेर्न तथा बुल ह्विल र अन्य मर्मतसम्भारका लागि ६ दिनका लागि केबुलकार सेवा गर्न गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ।
मर्मतसम्भारका लागि अस्ट्रेलियाको डोपेलमेयरबाट प्राविधिकहरु आउने र उनीहरुले मर्मतको काम गर्ने भएकोले केबुलकार सेवा बन्द गर्न लागिएको कम्पनीले जनाएको छ।
उक्त अवधिभर केबुलकारको बटम स्टेसनमा रहेको रेस्टुरेन्ट भने यथावत रुपमा सञ्चालन हुनेछ ।
मर्मत सम्भार पश्चात आगामी चैत ३१ गतेदेखि पुनः नियमित रुपमा सञ्चालन हुनेसमेत कम्पनले जनाएको छ।
यो पनि पढ्नुहोस्: