Advertisement

राष्ट्र बैंककी सुष्मा कालाे कर्तुत : क्यान्सरग्रस्त ८५ वर्षे आमाको किर्ते हस्ताक्षर गरेर ६ करोड कुमल्याइन्

0 1,455

Advertisement

 

२३ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकमा कार्यरत एकजना महिला कर्मचारी पक्राउ परेकी छन् । बैंककी शाखा अधिकृत सुष्मा रिजाल रेग्मीलाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरका प्रमुख  एसएसपी अशोक सिंहले बताए ।

‘उहाँले जेष्ठ नागरिकको सम्पत्ति हिनामिना गरेको भन्‍दै सरकारी  वकिलको कार्यालयमा जाहेरी परेको रहेछ’ परिसरका एक अधिकारीले भने, ‘अदालतबाट पक्राउ पुर्जी आइसकेको अवस्थामा उहाँलाई पक्राउ गरिएको हो ।’

सुष्माले भुपेन्द्रप्रसाद रिजालको नाममा रहेको माछापुच्छ्रे बैंकको खातामा रहेको रकम र लकरमा रहेको सुनचाँदी समेत अनधिकृत रुपमा निकालेको दावी छ ।

राष्ट्र बैँककी निर्देशक पदमा कार्यरत सुष्मा रिजाल रेग्मीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार पक्राउ गरेको छ । उनलाई पक्रनुको कारण हो–‘बुवा–आमाको सम्पत्ति खाएर हेला गरेको ।’ सुष्मा र उनका पति कमलप्रसाद रेग्मी मिलेर सासु शोभा रिजाल र ससुरा भुपेन्द्र रिजालको नाममा रहेको ३ करोड भन्दा बढी सम्पत्ति खाएको आरोप लागेको छ । कमलप्रसाद जल उत्पन्न प्रकोप विभागका पूर्व डिजी हुन् ।

ज्येष्ठ नागरिक ऐन–०६३ अनुसार संरक्षकले ज्येष्ठ नागरिकको सम्पत्ति हिनामिना गर्न पाईंदैन । ज्येष्ठ नागरिकसम्बन्धी कसुरमा सुष्मालाई पक्रेर अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले “निगरानी ब्युराे” लाई बताए ।

यस्तै सृजना फाइन्‍नास र अरनिको सहकारीमा भएको रकम झुक्याएर निकालेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुष्माले कुल तीन करोड रुपैयाँभन्दा धेरै रकम लिइ जाहेरवालालाई हेरचाह नगरी सम्पत्ति लिइसकेपछि बेवास्ती गरी ज्येष्ठ नागरिक ऐन, २०६३ अन्तर्गतको कसूर गरेको जाहेरीमा भनिएको छ ।

७६ मंसिरमा भूपेन्द्रको मृत्युपछि शोभाले आफ्नो सम्पत्ति छोरी–ज्वाईंको जिम्मामा राखेकी थिइन् । पालन–पोषण गर्ने शर्तमा संरक्षक बनेर सम्पत्तिको जिम्मा लिएकी सुष्माले माछापुच्छ्रे बैंकमा राखेको पैसा र सुन अनधिकृत रुपले निकालेको आमाले दावी  गरेकी छिन् ।

आमा (८४ वर्ष) शोभाको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको एसएसपी सिंहले बताएका छन् । श्रृजना फाइनान्स र अरनिको सहकारीमा राखेको रकम पनि छोरी–ज्वाईंले झुक्याएर निकालेको र आफुलाई पालन–पोषण नगरेको आमाको आरोप प्रहरीलाई खबर गरेकी थिइन्। शेयर पनि झुक्याएर बेचेपछि शोभाले कानुनी उपचार खोज्दै जाहेरी दिएकी हुन् ।

उनलाई प्रहरीले ज्येष्ठ नागरिक सम्बन्धी कसुरमा पक्राउ गरेको भन्दै अभिव्यक्ति दिएको छ । प्रहरीले सार्वजनिक नगरेपनि सुष्माले आफ्नै ८५ वर्षिय आमाको किर्ते हस्ताक्षेर गरि ६ करोड रुपैयाँ हत्याएको र आमालाई सडकमै अलपत्र छाडेको खबर आएको थियो ।

ज्यालादारी मजदुरले समेत आफ्ना बाबु आमालाई सकेसम्म घरमै राखेर पालन पोषण गर्छन् । तर, राष्ट्र बैंकको उच्च अहोदामा बसेकी सुष्माले भने बाबुआमाको सबै सम्पत्ति मात्रै हडपिनन् आमालाई अलपत्र पारेर छाडिन् ।


नेपाल सरकारको सबैभन्दा बढी सुविधा पाउने राष्ट्र बैंकको निर्देशकमा कार्यरत सुष्मा रिजालले आफ्नै ८५ वर्षीय आमा शोभा रिजालको करोडौंको सम्पत्ति हत्याएर उनलाई अलपत्र छाडिदिएको खबर यसअघि नै प्रकाशित भएको थियो । राष्ट्रबैंकको उच्च तहमा कार्यरत सुष्मा रिजाल र उनका पति कमलप्रसाद रेग्मीले ८५ वर्षीय शोभा रिजाललाई अलपत्र छाडिदिएका हुन् । सुष्माका श्रीमान कमल भने नेपाल सरकारका सहसचिवबाट अवकाशप्राप्त कर्मचारी हुन् ।

छोरी सुष्मा र ज्वाईं कमल रेग्मीले पाठेघर क्यान्सरले थला परेकी ८३ वर्षीय शोभा रिजालको माछापुच्छ«े बैंक खाताबाट ६ करोडभन्दा बढी रकम कीर्ते हस्ताक्षर गरी निकालेको आरोप लागेको थियो ।

माछापुच्छ«े बैंक र विराटनगरको सिर्जना फाइनान्समा रहेको खाताबाट कीर्ते सही गरी आफ्नै छोरीले ६ करोडभन्दा बढी रकम निकालेको उजुरी लिएर शोभा रिजाल महानगरीय प्रहरी परिसर टेकु, जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पटक पटक धाएकी थिइन् । तर, प्रहरीलाई राष्ट्र बैंकको धम्की दिएर उनले उन्मुक्ति पाउँदै आएकी थिइन् । काठमाडौं प्रहरीमा अशोक सिंह आएपछि उनले सुष्मालाई पक्राउ गरेर देखाइदिएका छन् ।

विराटनगरको धनाढ्य परिवारका शोभा रिजालका पति भूपेन्द्रप्रसाद रिजालको २०७५ मंसिर १ गते निधन भयो । बाबुको मृत्यु अघि नै मोरङको करोडौं पर्ने जग्गा उनले आफ्नो नाममा ल्याईसकेकी थिइन । भूपेन्द्र र शोभाका चार वटी छोरी गीता, सुस्मा, गंगा र नुतन हुन् भने एक छोरा सुरेन्द्र रिजाल हुन् । जेठी गीता अपांग छिन्, माइली सुष्मा राष्ट्रबैंककी हाकिम, साइली गंगा रिजाल ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ हुन् भने कान्छी नुतन रिजाल अमेरिका छिन् । एउटी छोरी राष्ट्र बैंकमा हाकिम र अर्की प्राज्ञ हुँदा पनि आमा शोभा खानलाउनसमेत नपाउने अवस्थामा छिन् । औषधि उपचारसमेत पाउनसक्ने अवस्था छैन । उनीसँग सम्पत्ति नभएर होइन । करोडौंको सम्पत्ति भएपनि उनी अहिले बेसहारा जस्तै छिन् ।

छोराको सामान्य पेन्सनले उनलाई स्याहार गर्न नसक्ने बताएकाले उनी थप पीडामा छिन् । छोराले पहिले नै अशंवण्डा गरी विराटनगरको सम्पत्ति नलिने भनि बल्खुको घर लिएर बसेका थिए । बाबुको उपचारदेखि बाबुआमा र अपांग दिदीको हेरचाह सुष्माले गर्छु भनेर बाबु जीवित हुँदै दशौं करोडको धन सम्पत्ति आफ्नो नाममा कायम गराउन सफल भएकी थिइन् ।

विवाहित छोरी भएपनि सुष्माले पालनपोषण गर्ने आशामा विराटनगरको पुष्पलाल चोकजस्तो महत्वपूर्ण ठाउँको जग्गासमेत उनलाई दिइएको गहभरी आँशु पार्दै शोभाले त्यति बेलै बताएकी थिइन् । ‘यस्ता बद्नियत भएका सन्तानका कारण मैले आज करोडौंको सम्पत्ति भएपनि उपचारसमेत पाउन सकेकी छैन्, तर छोरीले बिसौं करोडको सम्पत्ति थुपारेकी छिन्,’ उनले भनेकी थिइन् । त्यसैले हाम्रो सम्पत्तिको विवरण झिकी कीर्ते सही गरी निकालिएको ६ करोडभन्दा बढी रकम र सेयर, सुन, चाँदी सबै फिर्ता गराई पाउँ भनि उनले जिल्ला प्रशासन कार्यालय र प्रहरी परिसर काठमाडौंमा निवेदन दिएको गत असार २८ गते निवेदन दिएकी थिइन् ।

बाबुको मृत्युपछि उनले क्यान्सरपीडित आमा र अपांग दिदी गीतालाई सानेपास्थित घरबाट निकालिदिइन । सबै सम्पत्ति लिएर आफुलाई घरबाट निकालेपछि शोभा र उनकी अपांग छोरी गीता बल्खुस्थित छोरा सुरेन्द्रको घरमा शरण लिई बसेका छन् ।

स्व. भूपेन्द्र प्रसादको नाममा रहेको मोरङको बिघौंबिघा जग्गा, वित्तीय संस्थाहरूमा रहेको ६ करोडभन्दा बढी रकम हात पारेकी राष्ट्र बैंककी हाकिम सुष्माले बाबु जीवित हुँदा पनि २ करोडभन्दा बढी रकम लिएको शोभाले उजुरीमा उल्लेख गरेकी छिन् । जुन रकम लिएको विवरण सरोकारवाला निकायले वित्तीय संस्थाको स्टेटमेन्ट हेरेपनि खुल्ने शोभा बताउँछिन् । सुष्माले सम्पत्ति हात पारेर खान लगाउन र स्वास्थ्य उपचारमा पूर्णत बेवास्ता गरी मरणासन्न अवस्थामा पु¥याएको र आफ्नो नाममा रहेको २२ तोला सुन, १ सय तोला चाँदी र १८१६ कित्ता विभिन्न वित्तीय संस्थाको सेयर, चेक, नागरिकता, वृद्धभत्ताको प्रमाणपत्रसमेत नदिई आमालाई अलपत्र पारेको कुरा उजुरीमा उल्लेख छ ।

सम्पत्तिजति दिदी सुष्मालाई दिएकाले छोराले समेत उनीहरूको राम्रो हेरचाह गरेका छैनन् । आमा शोभाको कीर्ते सही गरी छोरी सुष्माले माछापुच्छ«े बैंक, अरनिको सहकारीबाट रकम निकालिसकेपछि उनीहरूलाई खान नदिई घरमै बन्धक बनाएर राखेको अवस्थामा छोरा सुरेन्द्र र साइली छोरी गंगालाई फोन गरी २०७६ फागुन ७ गते मुक्त भएको कुरा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दिएको जाहेरीमा उल्लेख छ ।

तर त्यो निवेदन प्रहरी परिसर काठमाडौंले दर्ता नै नगरी क्यान्सरपीडित वृद्धा शोभालाई थप पीडा दिने काम गरेको आरोप थियो । तत्कालीन काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले छोरी सुष्माबाट प्रभावित भई आमामाथि परेको घोर अन्यायको उजुरीसमेत नलिई पीडा दिने काम गरेका थिए । तर, ज्ञवालीपछि आएका एसएसपी सिंहले सुष्मालाई पक्राउ गरेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.