सानिमा बैंकका ग्राहकहरुलाई केवाईसी सेवा अनलाईनबाटै अपडेटको सुविधा
२३ चैत, काठमाडौं । सानिमा बैंकमा ग्राहकहरुले केवाईसी सेवा अनलाईनबाटै अपडेट गर्ने सुविधा ल्याएको छ । बैंकले विद्युतीय माध्यमबाट आफ्नो व्यक्तिगत विवरण (केवाईसी) अद्यावधिक गर्न सक्ने सुविधा संचालनमा ल्याएको छ ।
बैंकले बैंकको वेबसाइटमा लगइन गरी “Online KYC Update” मा क्लिक गरी विद्युतीय फारममा आवश्यक विवरण भरेर आफ्नो व्यक्तिगत विवरण (केवाईसी) अद्यावधिक गर्न सक्ने ब्यबस्था गरेको हो ।
बैंकमा उपस्थित नभई आफु अनुकूल स्थान र समयमा व्यक्तिगत विवरण छिटो, छरितो र सुरक्षित तरिकाले अद्यावधिक गर्न सकिने हुनाले यो सुविधाबाट धेरै भन्दा धेरै ग्राहक लाभान्वित हुने बैंकको विश्वास रहेको छ ।
यद्यपी मोबाइल नम्बर परिवर्तन गर्न र ल्याप्चे सहितको विवरणको लागि भने सम्बन्धित ग्राहकले आफुलाई पायक पर्नेे शाखामा सम्पर्क राख्नु पर्ने बैंकले जनाएको छ ।
बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टर र ९६ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।
यो पनि पढ्नुहोस्: