Advertisement

टाईगरलाई राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि

0 303

Advertisement


२२ चैत, काठमाडौ । नुवाकोटे टाईगरले दोश्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि जितेका छन् । उनले आफ्ना प्रतिद्धन्द्धी डेविडलाई लक लगाउदै उपाधिको रक्षा गरेका हुन । पोखरा रंगशालाको बहुउद्देश्य कभर्डहलमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा डेविडले टाईगरमाथी धेरै पटक शसक्त प्रहार गरेका थिए । डेभिडले टाईगरलाई अचेतको अवस्थामा पछारेर खेललाई लगभग आफ्नो पक्षमा पारि सकेका थिए ।

अझ उत्कृष्ट फिनिसिङ दिने चक्करमा रिङमाथी चढेर हाईजम्ब मार्फत टाईगरमाथी जाईलाग्न खोज्दा डेविड लक्ष्यमा पुग्न नसके पछि घुडा सिधै रिङमा बज्रिदा घाईते भए । उनी उठ्नै नसक्ने गरि बजारिएको मौकालाई सदुपयोग गर्दै टाईगरले डेविड माथी आफ्नो लक लगाए पछि रेफ्रीको तीन काउन्टसँगै च्याम्पियनको उपाधि जितेका थिए । उपाधिका साथ टाईगरले नगद एक लाख च्याम्पियन बेल्ट पनि प्राप्त गरे । प्रतियोगितामा उप विजेता बनेका डेभिडले नगद ५० हजार रुपैया पाए । प्रतियोगितामा चट्टानले तेस्रो स्थानमा चित्त बुझाए ।

शुक्रवार रद्द भएको ठगु र द युगबीच च्यालेन्ज खेल पुनः भएको थियो । हिजोको भएको खेलमा ठगुका साथीले आएर रेफ्रिलाई पछारेपछि खेल रद्द भएको थियो । त्यसपछि द युगले ठगुलाई आजका लागि रिङबाटै च्यालेन्ज गरेका थिए । ठगु र द युगबीच प्रतिस्पर्धा एकदमै डरलाग्दो भएको थियो । दुर्बले एकअर्का माथि रिङ भित्र र बाहिर रहेका वस्तुहरु प्रहार गरेका थिए । उनीहरुबीच भएको खेलमा टेबल, कुर्सी, फलामको चेन, सिढी लगायत त्यहा वरपर रहेका वस्तुहरु एक अर्का माथि प्रहार भएको थियो ।

निकै घमासान भएको खेलमा रगतको खोला नै बगेको थियो । तर अन्त्यमा आएर द युगले ठगुलाई उठनै नगरी पछारेपछि जित हातपार्न सफल भए । यो सँगै द युगले आईरन म्यानको उपाधि पाए ।

नेपाल रिङ रेस्लिङ संघको आयोजनामा संचालन भएका २ दिने रिङ रेस्लिङ प्रतियोगिताको गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल,राखेप सदस्य सदस्य ,राजेश गुरुङ, हरि खड्का, गण्डकी प्रदेशका खेलकुद् सदस्य सचिव तेज गुरुङ,राखेप सदस्य आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठलगायतले खेलाडीलाई पुरस्कृत गरेका थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.