Advertisement

नामिवियाले युगान्डासँग टी २० र एकदिवसिय सिरिज खेल्दै

0 505

Advertisement

२१ चैत, काठमाडौँ । कोरोना भाइरसका कारण स्थगित भएको एसोसियट क्रिकेट प्रतियोगताहरु अफ्रिकी महादेशबाट सुरु भएको छ । जसमा नामिवियाले पाँच खेलको सिरिजका लागि युगान्डालाई आतिथ्यता गर्ने भएको छ ।

नामिविया र युगान्डाले तीन टी २० र दुई एकदिवसिय खेलको सिरिज खेल्ने भएका छन । एक साताको सिरिज नामिवियाको विन्डहोकमा एक बर्षपनि खेलिन लागेको हो ।

नामिवियाले पछिल्लो पटक सन् २०२० को जनवरीमा ओमान र यूएई सम्मिलित त्रिकोणात्मक सिरिज खेलेको थियो । जुन मस्कटमा भएको थियो । तर सो सिरिजपनि विचमा नै स्थगित भएको थियो । त्यो बेला ओमानका सुल्तानको निधन भएपछि विचमा नै स्थगित गरिएको थियो । त्यसपछि नामिवियाले खेल्ने भनिएको अर्को सिरिज कोभिडका कारण स्थगित भएको थियो ।

आइसीसील विश्व क्रिकेट लिग टु को अंक तालिकामा चौथो स्थानमा रहेको नामिवियालाई नेपाल क्रिकेट संघले पनि नेपालमा बोलाउने योजना बनाएको छ । नामिविया र तान्जिनियालाई बोलाएर एकदिवसिय त्रिकोणात्मक सिरिज खेलाउने योजना क्यानको रहेको बताइएको छ ।

तर यो अझै फाइनल भने भइसकेको छैन । पछिल्लो पटक नेपालमा पनि कोभिडको प्रभाव बढिरहेको छ । यस्तैमा यी देश नेपाल आउन मान्ने नमान्ने भन्ने फाइनलमा भइसकेको छैन । युगान्डा र नामिवियाविच अप्रिल दुईबाट पहिलो टी २० सिरिज सुरु हुनेछ । त्यसपछि एकदिवसिय सिरिज अप्रिल सातबाट हुनेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.