Advertisement

उसु अवार्डलाई नागरिक विकास र यो योको साथ

0 863

Advertisement

१८ चैत, काठमाडाै‌ । नेपाल उसु स्वयंसेवक प्रशिक्षक कमिटीको आयोजनामा हुने उसु अवार्डलाई नागरिक विकास वचत तथा ऋण सहकारी लिमिटेड र यो यो बैंक्युटले प्रायोजन गर्ने भएका छन् । सो सम्बन्धी त्रिपक्षीय सम्झौता पत्रमा बुधबार हस्ताक्षर भएको छ ।

नागरिक विकासका अध्यक्ष नुनम सुब्बा, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका यो योका सञ्चालक श्रीभक्त कासीछवा र अवार्ड संयोजक राजीव महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे । नागरिक विकासले नगद पुरस्कारको प्रायोजन गर्ने भएको छ । यो योले कार्यक्रम व्यवस्थापनमा आवश्यक पर्ने सम्पूर्ण खर्च प्रदान गर्ने जानकारी दिइयो । कार्यक्रम भक्तपुरको सूर्यविनायकस्थित यो यो बैंक्युटमै शनिबार हुँदै छ ।

अवार्ड कार्यक्रममा सान्सौं र थाउलोतर्फ समान १–१ पुरुष÷महिला खेलाडी गरी ४ खेलाडीलाई नगदसहित अवार्ड प्रदान गरिने छ । उदीयमान खेलाडीका रुपमा समान १–१ पुरुष÷महिला गरी २ खेलाडीलाई अवार्ड र नगदबाट पुरस्कृत गरिने छ ।

आठौं राष्ट्रिय खेलकुद र १३ औं दक्षिण एसियाली खेलकुद (साग) को प्रदर्शनलाई आधार मानी खेलाडी छनोट गरिने संयोजक महर्जनले पत्रकार सम्मेलनमा जानकारी गराए । उसु खेलको विकास र विस्तारमा लामो समयदेखि संलग्न रहेर योगदान पु¥याउने एक जनालाई ‘लाइभ टाइम एचिभ्मेन्ट’ विधाबाट सम्मानित गरिने छ । त्यस्तै विगत १० वर्षदेखि उसु प्रशिक्षका रुपमा सेवा गरिरहेका प्रशिक्षकलाई पनि प्रशंसा पत्रबाट सम्मान गर्ने कार्यक्रम रहेको छ ।

यो योका सञ्चालक कासीछवाले उसुको अवार्ड भक्तपुरमा हुनु सिंगो भक्तपुरका लागि खुशी र गौरवको कुरा भएको बताउदै अवार्डलाई भब्य बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए । नागरिक विकासका अध्यक्ष सुब्बाले देशको शान बढाउने खेलाडीको अवार्डसंग जोडिन पाउँदा खुशी लागेको बताए ।

आयोजक कमिटीका संयोजक मन्जुर महर्जनले अवार्डपछि राष्ट्रियस्तरको उसु प्रतियोगिता आयोजना गर्ने सोच पनि रहेको बताउदै उसुको अवार्ड कार्यक्रम नेपालमै पहिलो पटक हुन लागेको दाबी गरे । अवार्ड संयोजक महर्जनले कार्यक्रमले खेलाडीहरुको मनोबल उच्च पार्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा अवार्डलाई सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।

कार्यक्रममा अवार्डका रुपमा प्रदान गरिने ट्रफी पनि सार्वजनिक गरिएको थियो । नागरिक विकासका अध्यक्ष सुब्बा, यो योका सञ्चालक कासीछवा, अवार्ड संयोजक महर्जन र हिमाल साकोसका अध्यक्ष विज्ञान राईले संयुक्त रुपमा ट्रफी अनावरण गरे ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.