Advertisement

अवैध सुन जस्तो देखिने धातुको टुक्रा र बाला सहित पक्राउ

0 854

Advertisement

११ चैत, काठमाडौं । अवैध रुपमा लुकाई छिपाई ल्याएको १ थान सुन जस्तो देखिने धातुको टुक्रा र १ थान बाला सहित २ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको नयाँ पार्किङ एरियाबाट मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरूमा धादिङ गजुरी गाउँपालिका-५ स्थायी वतन भएका ३३ वर्षीय रमेश सापकोटा र सिन्धुली सुनकोशी गाउँपालिका-८ स्थायी वतन भई काठमाडौं कपन बस्ने २८ वर्षीय निर्दोश कुमार थिङ रहेका छन् ।


नेपाल एयरलाइन्सको उडानद्वारा दुवईबाट काठमाडौं आएका राहदानी नम्बर ०९०२६३०८ वाहक सापकोटाले टर्च लाईटभित्रको ब्याट्रिभित्र फल्स बटम बनाई र ल्यापटप ब्यागभित्र लुकाई अबैध रुपमा भन्सार छली ल्याएको उक्त टुक्रा तथा बाला संकलनको लागि उभिएका निर्दोश कुमार थिङलाई दिँदै/लिदै गरेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।


उनीहरूलाई उक्त टुक्रा र बाला सहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचर ले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.