“जातिवाद विरूद्व युवा; जातिय हिंसा र छुवाछूत विरूद्व हामी”
०८ चैत, काठमाडौं । काठमाडौं महानगरपालिका स्थित वडा नम्वर २८ शान्तिबाटिका रत्नपार्कमा ५६ औं अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसको मनाएको छ ।
काठमाडौं रत्नापर्कमा आयोजित एक कार्यक्रमविच जातिवाद विरूद्व युवा; जातिय हिंसा र छुवाछूत विरूद्व हामी भन्ने मुल नाराका साय कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम संयुक्त दलित राजनीतिक संघर्ष समिति र दलित नागरिक समाज को संयुक्त्त आयोजनामा सम्पन्न भएको हो ।
५६ औं अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसको अवसरमा आयोजकले वृहत् र्यालि निकालेको छ । ।उक्त वृहत् र्यालिमा संयुक्त्त दलित राजनीतिक संघर्ष समिति संयोजक खिम वा.विश्वदकर्माको नेतृत्वमा गरेका छन् ।
र्यालिमा करिव एक सय ५०को संख्यामा पंञ्चे वाजासहित भेला भएका छन् । उनीहरुको र्यालि रूट:- शान्तिवाटिकाबाट ,रत्नपार्क, रणदिप पुल,पुरानो बसपार्क, भद्रकाली, सहिदगेट, सुन्धारा ,न्युरोड गेट,जुद्वशालिक हुदै वसन्तपुरमा पुगि सो र्यालि सभामा परिणत हुने आयोजकले जानकारी दियो ।
उनीहरुलेर् यालिमा
नाराहरू:-
१.जातिय विभेद उन्मुलन गरौं।
२.सामाजिक न्यया स्थापना गरौ।
३.संयुक्त दलित संघर्ष समिति जिन्वाद।
४.सम्पुर्ण उत्पिडितहरू एक लगायतका नाराहरु लगाएका छन् ।