Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

२२ तोला ३२ लाल अवैध सुन सहित एक जना पक्राउ

0 107


२१ फागुन, काठमाडौं ।
चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट २२ तोला ३२ लाल तौलको २४ थान अवैध सुनको सिक्री सहित भारत नकुबार जानादारा जोयपुर हाउराह घर हुने ३१ वर्षीय तपास सस्माललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।


वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ७९२१ नम्बरको टाटा सुमोलाई उक्त नागढुङ्गास्थित चेक प्वाईन्टमा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा टाटा सुमोमा सवार सस्मालले झोलामा लुकाई छिपाई ल्याएको बील भर्पाई नभएको उक्त तौलको सुनको सिक्री सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

सस्माललाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.