Advertisement

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको नयाँ थप ७ वटा शाखा कार्यालय

0 1,131

Advertisement

०५ बैशाख, काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी) ले थप ७ वटा शाखा कार्यालयहरु विस्तार गरेको छ ।

लघुवित्त वित्तीय संस्थाको न्यून उपस्थिति रहेका स्थानहरुलाई समेटी क्रमशः झापा जिल्लाको धाईजन, मोरङ्गको भाथिगछ, सुनसरीको भिमपुर, सप्तरीको बलुवा, चितवनको रत्ननगर, सिन्धुपाल्चोकको पाटीभञ्ज्याङ्ग र कपिलवस्तुको बहादुरगञ्जमा नयाँ शाखा कार्यालयहरु स्थापना गरेको छ ।

काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले यसअघि २९ जिल्लामा रहेको ५५ वटा शाखाहरुबाट सेवा प्रदान गर्दै आइरहेकोमा अब ६२ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्तीय सेवाहरु प्रदान गर्नेछ ।

वित्तीय संस्थाले लघु उद्यम व्यवसाय सञ्चालन गराउन न्यून आय तथा विपन्नवर्गका व्यक्तिहरुलाई संस्थाको सदस्यता दिई विना धितो सामूहिक जमानीमा वा स्वीकारयोग्य धितोमा साथै समूहमा आवद्ध हुन नसकेका व्यक्तिहरुलाई समेत स्वीकार योग्य धितो लिई सरल तरीकाबाट वित्तीय पहुँच पुरयाउदै आइरहेको छ ।

साथै, संस्थाले लघु बचत, लघुवीमा, विप्रेषण सेवाहरु उपलब्ध गराउदै स्वास्थ्य, शिक्षा तथा वित्तीय साक्षरता जस्ता गैर वित्तीय सेवाहरु समेत उपलव्ध गराउदै आइरहेको छ ।

वित्तीय संस्थामा हाल करिव ४७ हजार सदस्यहरु आवद्ध रहेका छन् भने लगानीमा रहिरहेको कर्जा रकम २ अर्व २१ करोड रहेको छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.