Advertisement

भारतमा बनेका मोबाइलमा टेलिकमको फोरजी सपाेर्ट नगर्ने

0 1,417

Advertisement

२८ चैत, काठमाडौं । केही दिनअघि एउटा कार्यक्रममा बाेल्दै नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले भारतमा बनेका मोबाइल खरिद नगर्न आग्रह गरे ।

नेपाल टेलिकमले हाल ग्रामीण तथा दुर्गम क्षेत्रमा ८०० मेगाहर्ज फ्रक्वेन्सीमा आधारित फोरजी सेवा विस्तार गरिरहेको छ । यस्तो फ्रिक्वेन्सीमा आधारित बीटीएस टावरले लामो दूरीमा नेटवर्क पुर्‍याउन सक्छ । तर भारतमा बन्ने मोबाइलहरुले भने ८०० मेगाहर्ज फ्रिक्वेन्सीलाई सपोर्ट गर्दैनन् ।

‘भारतमा फोरजीका लागि ८०० मेगाहर्जको फ्रक्वेन्सी नै प्रयोग हुँदैन,’ प्रबन्ध निर्देशक अधिकारीले भने, ‘यसैले भारतमा बन्ने मोबाइलमा हाम्रो ८०० मेगाहर्जमा आधारित नेटवर्कको सपोर्ट हुँदैन । यस्तो अवस्थामा भारतमा बनेका स्मार्टफोनमा हाम्रो फोरजी नचल्ने अवस्था छ ।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.