Advertisement

अफगानिस्तानमा थप २० तालिवान लडाकू र तीन सुरक्षाकर्मी मारिए

0 1,897

Advertisement

२८ चैत, एजेन्सी । अफगानिस्तानमा थप २० तालिवान लडाकू र तीन सुरक्षाकर्मी मारिएका छन् ।

सरकारी सुरक्षाकर्मीहरुले चलाएको सुरक्षा कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जनाएका छन् । देशको उत्तरी क्षेत्रमा पर्ने बडाख्शान प्रान्तमा बिहीबार राति घटना भएको हो ।

“हतियारधारी विद्रोही लडाकूहरुले शुहादा, जुर्म र वार्दोज जिल्लामा रहेका सुरक्षाचौकीमा बिहीबार मध्यरातमा आक्रमण गरेका थिए,” एक सुरक्षा अधिकारीले भने । लडाकूहरुले आक्रमण गरेपछि सुरक्षाकर्मीहरुले पनि प्रत्याक्रमण गरेको र केही समय भिडन्त भएकाले दुवै तर्फ क्षति भएको उनीहरुको भनाइ छ ।

देशको पहाडी क्षेत्रमा भएको घटनामा परी अरु १० लडाकू र पाँच सैनिकहरु घाइते पनि भएको अधिकारीहरुले जनाएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.