सुनको मूल्यमा बृद्धी
१६ चैत, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव कायम रहेको छ । आज साताको दोस्रो दिन सोमबार सुन तोलामा २ सयले बढेको छ ।
सोमबार मूल्य प्रतितोला ८६ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला ८६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय २५ रुपैयाँ भएको छ ।
गत शुक्रबार प्रतितोला एक हजार २ सय ३० रुपैयाँमा कारोबार भएको थियो । गत विहीबार सुनको मूल्य तोलामा ८६ हजार ५ सयमा कारोबार भएकोमा शुक्रबार तोलामा ६ सयले घटेको थियो ।