Advertisement

नेपालमा विक्री बन्द भयो होन्डाको चर्चित दुई मोडल

0 671

Advertisement

 १६ चैत, काठमाडौँ । होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले आफ्नो चर्चित एड्भेञ्चर मोटरसाइकल सिआरएफ २५० एल र सिआरएफ २५० आरको विक्री बन्द गरेको छ । कम्पनीले आफ्नो आधिकारीक वेभसाइटबाट यी दुई मोडललाई हटाएर विक्री बन्द भएको जानकारी दिएको हो ।

मूल्य महंगो भएपनि यो सेग्मेन्टमा होन्डा सिआरएफ २५० सबैभन्दा उत्कृष्ट एड्भेञ्चर मोटरसाइकल मानिन्थ्यो । अहिले विक्री गर्दै आएको सिआरएफ २५० का दुबै मोडल अन्तर्राष्ट्रिय बजारमा अपग्रेड भएर आएकाले नेपालमा विक्री बन्द भएको कम्पनीले जानकारी दिएको छ ।

‘अन्तर्राष्ट्रिय बजारमा केहि महिना अघि मात्रै सिआरएफ २५० को दुबै मोडल अपग्रेड भएर आएको छ । रेगुलर मोडलको उत्पादन बन्द भइसकेकाले अहिले हामीले पनि यसको विक्री बन्द गरेका हौं । केहि महिनापछि नयाँ सिआरएफ नेपाल आउने छ’, स्याकार ट्रेडिङ स्रोतले मेरोअटोसँग भन्यो ।

होन्डाले सिआरएफ २५० एल १२ लाख १९ हजार र २५० आर १३ लाख २५ हजार मूल्य तोकेर विक्री गर्दै आएको थियो । यी बाइक थाइल्याण्डमा बनेका थिए ।

यस्तो हुने छ नयाँ सिआरएफ

होन्डाले यसअघि २५० सीसी क्षमताको इन्जिन दिएको सिआरएफमा नयाँ ३०० सीसी सेग्मेन्टको इन्जिन दिएको छ । नयाँ मोटरसाइकलमा २८६ सीसी क्षमताको सिंगल सिलिण्डर लिक्वीड कुल्ड इन्जिन उपलब्ध हुने छ ।

होन्डाले सिआरएफ ३०० मा दिइएको इन्जिनले २७.३ पीएस पावर र २६.६ एनएम टर्क प्रदान गर्ने छ । ६ स्पीडको गियरबक्स जडान भएको नयाँ मोटरसाइकलमा सिल्पर क्लचको प्रयोग भएको छ ।

सेमी डबल काड्र्ली स्टील फ्रेमको प्रयोग भएको नयाँ मोटरसाइकल सिआरएफ २५० को तुलनामा ४ केजी कम तौल रहेको छ । नयाँ बाइकमा अगाडि इन्भटेर्ड फर्क र पछाडि प्रोलिङ्क मोनोशक दिइएको छ । हलुका तौलको कारण लामो यात्रा गर्न चाहने राइडरलाई यसले खुसी बनाउने छ ।

दुबै मोडलमा अगाडि २१ इन्च र पछाडि १८ इन्चको स्पोक ह्वील दिइएको छ । दुबैमा दिइएको टायर अफरोडको लागि उपयुक्त रहेको कम्पनीको दाबी छ । दुबै मोटरसाइकलमा डबल डिस्क ब्रेक दिइएको छ भने, डबल च्यानल एबीएस उपलब्ध रहेको छ ।

सिआरएफ ३०० एलमा ७.८ लिटरको फ्यूल ट्याङ्क दिइएको छ भने, ¥याली मोडलमा भने ठूलो १२.८ लिटर क्षमताको फ्यूल ट्याङ्क दिइएको छ । दुबै मोटरसाइकलमा एलसीडी इन्ट्रुमेन्ट क्लष्टर उपलब्ध रहेको छ । एल मोडलमा हेलोजिन हेडल्याम्प दिइएको छ भने, ¥यालीमा एलइडी सेटअप दिइएको छ । ¥याली मोडलमा विन्डस्कृन, इन्जिन कौल लगायतका थप फिचर पाउन सकिने छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.