कांग्रेसको वर्तमान केन्द्रीय समितिको अन्तिम बैठक भोलि बस्ने
२२ मंसिर, काठमाडाैँ । नेपाली कांग्रेसको वर्तमान केन्द्रीय समितिको अन्तिम बैठक भोलि बस्ने भएको छ।
१४औं महाधिवेशनको तयारीमा रहेको कांग्रेसले त्यसअघि केन्द्रीय समिति बैठक बोलाएको हो। बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिइएको छ ।