Advertisement

कांग्रेसको अवरोधका कारण आजको संसद् बैठक पनि स्थगित

0 6

Advertisement

११ जेठ, काठमाडौं । नीति तथा कार्यक्रममाथि छलफलका लागि बोलाइएको शुक्रबारको प्रतिनिधि सभा बैठक स्थगित भएको छ।

सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले अवरोध गरेपछि प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको हो।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आइतबार बिहान ११ बजे बस्नेगरी बैठक स्थगित गरेका हुन्। बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरूले उठेर विरोध जनाएका थिए।

सभामुखले पटक पटक बैठकलाई अगाडि बढाउने वातावरण बनाउन आग्रह गर्दा पनि नटेरेपछि सभामुखले बैठक स्थगित गरेका हुन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.