Advertisement

नेपाली कांग्रेस बागमती प्रदेश महामन्त्रीमा कञ्चन चन्द्र वादे विजयी

0 1,027

Advertisement

२१ मंसिर, हेटौडा। नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट प्रदेश २ बाहेकका अन्य प्रदेशमा निर्वाचन परिणाम घोषणा भैरहेको छ । नेपाली कांग्रेसको बागमती प्रदेशको निर्वाचनमा नेपाली कांग्रेस काभ्रेका युवा नेता कञ्चन चन्द्र वादे निर्वाचित भएका छन् ।

युवा नेता वादे पूर्व संविधानसभा सदस्य तथा पूर्व उधोग राज्यमन्त्री हुन् । उनले कुल खसेको मतबाट ९९५ मत प्राप्त गर्दै नेपाली कांग्रेसको पहिलो प्रदेश अधिवेशनबाट प्रदेश महामन्त्री पदमा निर्वाचित भएका हुन् । नेता वादे प्रकासमान सिंह प्यानलको खेमाबाट उम्मेदवारी दिएका थिए ।

नेपाली कांग्रेसका नेता वादे काभ्रेपलान्चोक जिल्लाबाट प्रतिनिधीत्व गर्दछन् भने उनको स्थायी घर उनको बनेपा हो ।

नेपाली कांग्रेस काभ्रेका युवा नेता, विकास प्रेमी, जनताहरको दुःख सुखको साथी, सत्य र निस्ठाको राजनीति गर्नु पर्छ भन्ने मान्यता राख्ने व्यक्तित्व हुन ।

नेपाली कांग्रेस बागमती प्रदेश महामन्त्रीमा विजयी कञ्चन चन्द्र वादेको साथमा प्रदेश क्षेत्रीय समिति काभ्रे क्षेत्र न २ ख का उपसभापति गांगा प्रसाद घिमिरे हेटौडामा


जितपश्चात वादेले भने मलाई नेपाली काँग्रेस बागमती प्रदेश महामन्त्रीमा पदमा निर्वाचित गरिदिनुभएकोमा बागमती प्रदेशका महाधिवेशन प्रतिनिधी, जिल्ला सभापति लगायता सम्पूर्ण क्रियाशील सदस्यज्यूहरुप्रति हार्दिक आभार प्रकट गर्दछु । साथै मलाई जिताउन सहयाेग गर्नुहुने सम्पूर्ण मित्रहरू, शुभचिन्तक, तथा नेता ज्यू हरू तथा निर्वाचनमा खटिनु भएका कर्मचारीहरू लगायत सबै जनालाई हार्दिक धन्यबाद ब्यक्त गर्दछु।। जय नेपाल

यसैगरी, महामन्त्रीमा कन्चन चन्द्र बादे र राजु श्रेष्ठ विजयी हुनुभएको छ । सो पदका लागि माइकल रामचन्द्र अर्याल, तिलकप्रसाद रुवारी, गौरीप्रसाद दवाडी र सुरेश श्रेष्ठको उम्मेदवारी परेको थियो ।

गत शनिबार सम्पन्न भएको नेपाली कांग्रेस बागमती प्रदेशको पदाधिकारीको निर्वाचनको नतिजाअनुरुपम अन्यमा कांग्रेस बागमती प्रदेश उपसभापतिमा मोहन बस्नेत र चन्द्र महर्जन विजयी हुनुभएको छ ।

बस्नेत र महर्जन क्रमशः एक हजार ५९ र एक हजार ३७ मतसहित उपसभापतिमा विजयी हुनुभएको हो । उक्त पदका लागि उम्मेदवारी दिएका निकटम प्रतिद्वन्द्वी धर्मराम गौतम एक हजार चार र राजेन्द्रप्रसाद बुर्लाकोटी ८३९ मतसहित पराजित हुनुभएको छ ।

यस्तै महिलातर्फकोे सहमहामन्त्रीमा जीवन डङ्गोल विजयी हुनुभएको छ । जसमा निर्मला बस्ताकोटी (निरु खड्का) र मोतीमाया तामाङको उम्मेदवारी थियो ।

यसैगरी खुल्लातर्फको सहमहामन्त्रीमा ऋषिराम घिमिरे र हरिशरण श्रेष्ठ विजयी हुनुभएको छ उक्त पदका लागि सात जनाको उम्मेदवारी परेको थियो । जसमा बिरबहादुर तामाङ, महेन्द्र थिङ, राजकुमार पाठक, जगन्नाथ धिमाल र जयनारायण सापकोटा मतसहित पराजित हुनुभएको छ । कांग्रेस बागमतीको सभापतिमा भने ईन्द्रबहादुर बानियाँ विजयी भएका थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.