हर्मुजमा अमेरिकाको आधुनिक पनडुब्बी कब्जा गरेको इरानको दाबी

२४ भदाै, काठमाडाैँ । इरानले अमेरिकाको एक अत्याधुनिक पनडुब्बी नियन्त्रणमा लिइएको दाबी गरेको छ। यो दाबी इरानको रिभोलुसनरी गार्ड्सनिकट समाचार एजेन्सी फार्स न्युजले गरेको हो।

फार्सका अनुसार यो पनडुब्बी अमेरिकी सेनाको सबैभन्दा आधुनिक र ‘इन्टेलिजेन्ट अनम्यान्ड पनडुब्बी’मध्ये एक हो। एजेन्सीको दाबी छ, ‘यसलाई हर्मुज जलमार्गको प्रवेशद्वार नजिकैबाट नियन्त्रणमा लिइएको हो।’

फार्सले पनडुब्बी कहिले र कसरी नियन्त्रणमा लिइयो भन्ने विषयमा विस्तृत विवरण भने दिएको छैन। साथै यस विषयमा अमेरिकाबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।

इरान र अमेरिकाबिच फेरि द्वन्द्व बढिरहेका बेला यो समाचार आएको हो। केही दिनअघि मात्र इरानले आफ्नो सैन्य रणनीति परिवर्तन गर्ने बताएको थियो।

You May Also Like

More From Author

+ There are no comments

Add yours