Advertisement

बन्न थाल्यो बालबालिकालाई दिइने भ्याक्सिन, कहिले आइपुग्ला नेपाल ?

0 742

Advertisement

२६ असोज, नयाँदिल्ली । भारतमा केन्द्रीय सरकारका निकायहरुले २ देखि १८ वर्ष सम्मका बालबालिकाहरुलाई लगाउन मिल्ने कोरोनाविरुद्धको खोपलाई प्रयोगात्मक अनुमति प्रदान गर्ने प्रक्रिया अघि बढाएका छन् ।

सीडीएससीओ (Central Drugs Standard Control Organisation) को सब्जेक्ट एक्सपर्ट कमिटीले भारत बायोटेकद्वारा निर्मित को-भ्याक्सिनलाई स्वीकृति प्रदान गर्न ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई) समक्ष सिफारिस गरेको छ ।

२ देखि १८ वर्षका बालबालिकाहरुलाई दिइने को-भ्याक्सिनको दुई डोज २८ दिनको फरकमा लगाउनुपर्नेछ । समाचारमा बताइएअनुसार, यो भ्याक्सिनले इम्युन सिस्टम डेभलप गर्नेछ भने यसको कुनै साइड इफेक्ट देखिएको छैन । यो भ्याक्सिन प्री-फिल्ड सिरिन्ज अर्थात् पहिले नै भरिएको सिरन्जमार्फत उपलब्ध गराइनेछ जसमा ०.५ एमएल औषधि हुनेछ । यो उमेर समूहका बालबालिकालाई आवश्यकभन्दा बढी औषधिले समस्या उत्पन्न गर्न सक्ने भएकाले एकपटक प्रयोग गरेपछि फ्याँक्ने खालको फिक्स सिरिन्ज उपलब्ध गराउन लागिएको बताइएको छ ।

कोरोनाविरुद्धको यो खोपको तेस्रो चरणको प्रयोग हालै मात्र सफलतापूर्वक सम्पन्न भएको थियो । कोरोना महामारीका कारण बालबालिकाहरु विद्यालय जान नपाइरहेको सन्दर्भमा यो एउटा ठूलो राहतको खबर हो ।

यसअघि, अमेरिकी कम्पनी फाइजर र बायोएनटेकले पनि ५ देखि ११ वर्षका बालबालिकाहरुमा प्रयोग गर्न सकिने कोरोनाविरुद्धको आफ्नो भ्याक्सिनलाई आपत्‌कालीन प्रयोगको अनुमति प्रदान गर्न अमेरिकी ड्रग्स रेगुलेटर फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनसमक्ष अनुरोध गरेको छ ।

कोरोनाविरुद्धका यी खोप नेपाल ल्याउन समयमै सरकारले प्रयास प्रारम्भ गरी बालबालिकाहरुको स्वास्थ र शिक्षाको अधिकार सुनिश्चित गर्नु अबको अर्को प्राथमिकता थपिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.