Advertisement

एमालेको प्रथम विधान महाधिवेशन आजबाट सुरू हुँदै (भिडियो सहित)

0 758

Advertisement

१५ आश्विन, काठमाडौं । नेकपा (एमाले) को प्रथम विधान महाधिवेशन आजबाट सुरू हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा दिउँसो साढे १२ बजे अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने एमाले कार्यलय सचिब शेरबहादुर तमाङ्गले जानकारी दिनुभयो ।

उद्घाटन सत्रपछिको बन्दसत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उप महासचिव विष्णुप्रसाद पौडेले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहको छ ।

महाधिवेशनको दोस्रो दिन समूह छलफल गरी टोली नेताले समुहको दृष्टिकोण राख्नेछन् । तेस्रो दिन दस्तावेज प्रस्तोता हरुको समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयहरूलाई एकिकृत गरिने छ ।

महाधिवेशनमा छ हजारभन्दा बढी प्रतिनिधिहरूको सहभागितामा हुनेछ। सनराईज सम्मेलन केन्द्रको मुख्य हलमा ३ हजार प्रतिनिधि र अरु लाई अन्य स्थानमा राख्ने तयारी भएको पनि तमाङ्गले जानकारी दिनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.