Advertisement

लिम्पिया र गोकर्णलाई उपाधि

0 352

Advertisement

२७ भदौ, काठमाडौं । लिम्पिया र गोकर्णेश्वर प्रथम स्कलर्स एसइइ एपियर्ड थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । लिम्पिया ब्वाइज तथा गोकर्णेश्वर गल्र्समा च्याम्पियन बने ।

सामाखुशीस्थित आयोजक स्कलर्स होम एकेडेमीको कोर्टमा भएको ब्वाइज फाइनलमा लिम्पियाले नेरिक एकेडेमीलाई २०–१८ ले पराजित ग¥यो । लिम्यिाको जितमा संगम तामाङले ९ अंक योगदान गरे । लिम्पियाका विवेक यादव ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । विजेताले ७ हजार र उपविजेताले ४ हजार नगद पुरस्कार प्राप्त गरे ।

गल्र्सको उपाधि भिडन्तमा गोकर्णेश्वरले न्यु मिलिनियमलाई १०–९ ले हरायो । गोकर्णेश्वरका विनामणि योञ्जनले ६ स्कोर गरिन् । उनी नै ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिइन् । लिम्पियाले ५ हजार तथा गोकर्णेश्वरले ३ हजार नगद पुरस्कार पाए ।

विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, नेपाल बास्केटबल संघका फिबा कमिसनर दुर्गाबहादुर थापा, आयोजक स्कलर्सका प्रिन्सिपल सूर्यप्रसाद पण्डित, विद्यालय व्यवस्थापनका अध्यक्ष श्यामराज पण्डितलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

प्रतियोगितामा ब्वाइजतर्फ २८ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । लिग कम नकआउट आधारमा भएको गल्र्सको प्रतिस्पर्धामा ९ टिम सहभागी थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.