Advertisement

केपी शर्मा ओलीको रिट पुन: प्रधानन्यायाधीश राणाको इजलासमा

0 348

Advertisement

२२ भदाै, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) दर्ता अवैधानिक भन्दै सर्वोच्च अदालतमा दर्ता गरेको रिटको सुनुवाइ आज हुँदै छ।

अध्यक्ष ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिटको सुनुवाइ पुनः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा हुने भएको हो।यसअघि भदौ २० गते प्रधानन्यायाधीश राणाकै इजलासमा रहेको उक्त मुद्दा हेर्न नभ्याइने हुँदै सुनुवाइ सरेको थियो।

गैरकानूनी रुपमा एमाले विभाजन गरेर बनेको नेकपा एकीकृत समाजवादीलाई दलको मान्यता दिएको भन्दै ओलीले गत बुधवार सर्वोच्चमा रिट दायर गरेका थिए।

एमालेले कारबाही गरेका १४ सांसद र ९ केन्द्रीय सदस्यको सनाखत गैरकानूनी भएको भन्दै नेकपा एकीकृत समाजवादी खारेजीको माग रिटमा गरिएको छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.