Advertisement

प्रधानमन्त्रीकाे राजिनामा वा अविस्वासकाे प्रस्तावमा के हाेला

0 488

Advertisement

२३ फाल्गुन, काठमाडौँ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम खारेज गर्दै सर्वोच्च अदालतले १३ दिनभित्र बोलाउन दिएको परमादेशअनुसार आइतबारदेखि प्रतिनिधिसभाको अधिवेशन सुरु हुँदै छ।

पाँच वर्षका लागि निर्वाचित प्रतिनिधिसभाको कार्यकाल दुई वर्ष बाँकी रहँदै प्रधानमन्त्री ओलीले विघटन गरिदिएका थिए, तर सर्वोच्च अदालतले पुनस्र्थापना गरिदिएपछि संसद् अधिवेशन आज सुरु हुन लागेको हो।

संसद् पुनस्र्थापनापछि पनि नैतिकताका आधारमा राजीनामा नदिएका ओली आफैँले विघटन गरेको संसद्बाट विरोधीसँग टकराव गर्ने मनस्थितिमा छन्। यद्यपि, शनिबार साँझसम्म प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव अगाडि बढाउने विषयमा ठोस प्रगति भएको छैन।

दुई अधिवेशनबीचको अवधि ६ महिनाभन्दा धेरै हुन नहुने संवैधानिक व्यवस्थाअनुसार १७ पुसमै संसद् बैठक सुरु हुनुपर्ने थियो। तर, १२ दिनअघि नै प्रधानमन्त्री ओलीले ५ पुसमा संसद् विघटन गरेपछि सातौँ अधिवेशन बस्न सकेको थिएन ।

तर, सर्वोच्च अदालतले ११ फागुनमा प्रधानमन्त्री ओलीको कदम असंवैधानिक ठहर गरेपछि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिपति विद्यादेवी भण्डारीले २३ फागुन (आइतबार)का लागि बैठक आह्वान गरेकी थिइन्।

प्रतिनिधिसभा बैठकमा विभाजित नेकपाको ओली तथा प्रचण्ड–नेपाल समूह परस्परविरोधी तयारीमा देखिएपछि संसद् सञ्चालनसमेत प्रभावित हुने अवस्था देखिएको छ। प्रमुख प्रतिपक्षी कांग्रेस नेकपा विभाजनको कानुनी निरुपण नभएसम्म ‘रिजर्भ’मा बस्ने तयारीमा छ। नेकपाको दुवै समूह सत्तापक्षको एउटै रोमा आमुन्ने–सामुन्ने रूपमा खडा हुने तयारीमा रहेका वेला सभामुख अग्निप्रसाद सापकोटालाई दुवै समूहको सहमतिमा सदन सञ्चालन गर्ने चुनौती खडा भएको छ।

शनिबार शीर्ष नेताले नै संसद्मा देखिन सक्ने सम्भावित टकरावको संकेत गरेका छन्। नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीको व्यक्तित्व पतन भइसकेको भन्दै कुहिएको अन्डासँग तुलना गरेका छन्।

‘नकुहिएको अन्डाबाट प्रोटिनयुक्त तत्व पाइन्छ, कुहिएपछि गन्ध यति नमीठो हुन्छ कि, केपी ओली त्यही कुहिएको अन्डा हुन्,’ पार्टी कार्यालय, पेरिसडाँडामा शनिबार आयोजित एक कार्यक्रममा प्रचण्डले भने, ‘कुहिएको, गनाएको अन्डा खाइँदैन, बगाइन्छ, गाडिन्छ या जलाइन्छ।’

कार्यक्रममा अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतको फैसलापछि पनि नैतिकता नदेखाएकाले प्रतिगमनविरुद्ध एकजुट भएका राजनीतिक दलहरूबीच उनको बिदाइका लागि सहकार्य हुन लागेको बताए।

‘यसबीचमा केपी ओलीलाई पदबाट बिदा गर्नैपर्नेछ, प्रतिगमनविरुद्ध एकजुट भएकाहरूले हातेमालो गरेर अघि बढ्ने अवस्था बन्दै छ,’ नेपालले भने, ‘म ओलीजीलाई भन्न चाहन्छु, नैतिकताको सानो अंश बाँकी छ भने राजीनामा दिनुस्, धेरै फुर्ती नदेखाउनुस्, अब तपाईंका दिन गए।’ उनले अझै ओली पदमा टाँसिएर बसेको देख्दा दुनियाँ आश्चर्यचकित भएको समेत बताए।

जब कि आफूनिटक संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले आफूविरुद्ध प्रचण्ड–नेपाल समूहले तयारी गरेको अविश्वासको प्रस्ताव असफल हुने दाबी गरेका छन्। ‘उहाँहरू अहिले जसरी चल्न खोजिरहनुभएको छ, त्यसमा (अविश्वासको प्रस्ताव) सफल हुने कुनै सम्भावना छैन।

चन्द्रकान्त भन्ने टेलिसिरियलमा अक्रुर भन्ने पात्र छ, त्यो पात्रले जब टाउकामा प्याट्ट हान्छ, छोएपछि ढुनमुनिएर ढल्छ, पराजित हुन्छ, उहाँ (प्रचण्ड–नेपाल)हरूको नियति पनि त्यस्तै हुनेवाला छ,’ अविश्वासको प्रस्ताव असफल हुने दाबी गर्दै ओलीको भनाइ थियो।

‘यो आन्दोलन, पार्टी अघि बढ्छ, नियत बांगिएका नेता, भ्रममा परेका कार्यकर्ता पार्टी बैठक छाडेर अन्त भौँतारिएका छन्, असफल भएपछि उहाँहरूतिर लागेका कार्यकर्ता सच्चिएर फर्किन थाल्छन्, नेताहरू पनि फर्किए राम्रो, त्यसकारण तपाईंहरू ढुक्क हुनुस्, पार्टी र आन्दोलन कमजोर हुनेछैन। राननितिकबाट



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.