Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

पालुङ्टारे गिरिको शब्द तथा लयमा ‘लिगलिग कोट’ भिडियो सार्वजनिक

0 507

२३ फागुन, गाेरखा । ऐतिहासिक तथा पर्यटनको गतव्यकाे रुपमा रहेकाे नेपालका प्रख्यात काेट मध्यकाे पहिलाे र ऐतिहासिक  काेट लिगलिग कोटेको प्रचार प्रसारका लागि भन्दै विभिन्न कार्यक्रम हुदैं आएका छन् ।

वैदेशिक रोजगारीको सिलसिलामा लामो समयदेखि कतारमा रहेको पालुङटारका रामचन्द्र गिरीले लिगलिग कोटको प्रचार तथा प्रसारका लागि म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

गिरिको लय तथा शब्दमा ‘लिगलिग कोट’ भिडियो सार्वजनिक भएकाे हाे । आफ्नो जन्मभुमि प्रतिको माया र पर्यटन बिकासमा टेवा पुर्याउने उदेश्यले बनाईएको गितमा चर्चित गायिका शान्ती श्री परियार र गिरीको आवाज रहेको छ।

Subscribe to our newsletter

गितको म्युजिक भिडियो सुटिङ अत्यन्तै सुन्दर पर्यटकिय ठाउँ लिगलिग कोटमा गरिएको छ। विशाल बैरागीद्वारा निर्देशित भिडियोमा रन्जिता गुरुङ, रिया खड्का, रोशन नेपाली, दिनेश थापा लगायतको अभिनय रहेको छ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.